नेपाल लाइफ इन्सुरेन्सको कार्यवाहक सिइओमा सन्तोष प्रसाई

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ । साउन १ गतेदेखि लागु हुनेगरी प्रसाईलाई कार्यबाहक सीइओको जिम्मेवारी दिइएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्त भएसँगै समाप्ती भएसँगै उप–प्रमख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन । असार ३१ गते बसेको
संचालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो ।

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध प्रसाई थिए । यसअघि उनी बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनभव प्राप्त गरेका थिए ।