नेपाल लाइफको कार्यवाहक सिइओमा सन्तोष प्रसाई

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक सिइओमा सन्तोष प्रसाइले जिम्मेवारी पाएका छन् । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आज साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको हो । असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलार्ई कार्यवाहक सिइओको जिम्मेवारी दिएको जनाइएको छ ।

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव बटुलिसकेका छन् ।