प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उक्त बार्षिक साधारण सभाबाट आर्थिक बर्ष २०७४/७५ को वित्तीय विवरणहरु पारित गरि सो आर्थिक बर्षको मूनाफाबाट हाल कायम चूक्ता पुंजी २ अर्ब रुपैयाको ७९ लाख रुपैयाँ १२ दशमलव ५ प्रतिशत (खूद) का दरले शेयरधनीहरुलाई बोनश शेयर बितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

उक्त बोनश शेयर बितरण प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पुंजी २ अर्ब २५करोड रुपैया पूग्नेछ।कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन वीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा शेयरधनीहरुलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी रहेको सम्बन्धमा समेत शेयरधनीहरुलाई जानकारी गराएको थियो ।