इलाममा जंगली च्याउ खादा एकै परिवारमा बाबू र छोराको मृत्यु

 

  • इलामको फाकफोकथुममा जङ्गली च्याउ खादा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै घरका बाबु छोरा हुन् ।मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो ।