पि सि आर परिक्षण पछि कोरोना पोजिटिभको कारण युवतीले आत्मा हत्या गरिन

  1. झापाको दमक स्थित एक जना कोरोना संक्रमित युवतीले झुन्डिएर आत्महत्या गरेकी छिन् । दमक नगरपालिका वडा नं ५ निवासी पंचबहादुर लिम्बुकी २२ वर्षिया छोरी दीक्षाले गएराति झुन्डिएर आत्महत्या गरेकी हुन् । उनलाई कात्तिक १७ गते विराटनगरको बीसियर ल्याबमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।                                                                   आफू सुत्ने कोठोमा रहेको सिलिङ पंखामा सलको पासो लगाएर उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए।

    शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीसँग समन्वय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक पण्डितको भनाई छ ।