तामाङ परिवार सेवा समाजले शैक्षिक सामग्री हस्तान्तरण साथै टिककट बिजेतालाई पुरस्कार नितरण ।

९ असोज २। तामाङ परिवार सेवा समाजले विभिन्न जिल्लाका ३ विद्यालयका विद्यर्थाीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । आज बौद्धमा एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।समाजले रामेछापका १ विद्यालय र मकवानपुरका २ विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको तामाङ परिवार सेवा समाजको सूचना तथा सञ्चार बिभागका संयोजक अमर तामाङले जानकारी दिएको छ ।संयोजक अमर तामाङको अनुसार जन जीवन प्राथमिक विद्यालय बकैया–१, धियाँल, मकवानपुरलाई झोला ८७ थान, कापी ८७ थान र कलम ८७ थान हस्तान्तरण गरेको छ । त्यसैगरि वनदेवी कालिका प्राथमिक विद्यालय, धियाँल–५, ठूलो हाँडी, मकवानपुरका विद्यार्थीहरुलाई ६० थान झोला, कापी ६० थान र कलम ६० थान हस्तान्तरण गरेको छ । यसैबीच वालकन्यादेवी आधारभूत विद्यालय, काङबा–३, लिखु तामाकोशी, रामेछापका विद्यार्थीहरुलाई ५३ थान झोला, कापी ५३ थान र कलम ५३ थान हस्तान्तरण गरेको छ ।

‘संस्थाको उद्देश्य अनुसार हाम्रो संस्थाले असहाय, निःसहाय, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई राहत तथा सहयोग स्वरुप शैक्षिक सामाग्री हस्तान्तरण गरेका हौं भनेर अमर तामाङ ले भनेको छ ।‘शिक्षा क्षेत्रमा आगामी दिनहरुमा हामीले सहयोगको कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’उक्त सामाग्री कार्यक्रमको प्रमुख अतिथि थुप्तेन आचार्य घिसिङले हस्तान्तरण गरेका थिए ।कार्यक्रममा समाजका कानुनी सल्लाहकार चुडा देवसिं लामा, सेलो गायक बैरागी मोक्तान, सेलो गायक प्रतिक ब्लोन लगायतका सहभागी रहेका थिए ।संयोजक अमर तामाङ ले भनेको छ यस अघि पनि समाजले सामाजिक काममा योगदान दिंदै आएको छ ।

भने हलसालै तामाङ परिवार सेवा समाजले face book पेजमा रखिएको टिकटक भिडियो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु भएकी मन्दिरा मोक्तान तामाङ ज्युलाई प्रथम पुरस्कार स्वरुप रु 10,000 अक्षरि रु दस हजार सहित सम्मान पत्र वितरण गरेको थियो ।।