मुक्तिनाथ विकास बैंकमा बम भेटियो

विप्लव समूहद्वारा बम राखेको पुष्टि

सल्यान – सल्यानको बागचौर नगरपालिकामा रहेको मुक्तिनाथ बिकास बैंकमा बाल्टिन बम भेटिएको छ । विप्लव नेतृत्वका नेकपा निकट जनपरिषद् सल्यानको नाममा कार्यालय बाहिर बाल्टिन बम भेटिएको हो ।

बमसँगै भेटिएको कोरोना महामारीका समयमासमेत किसानसँग ऋण असूली गरेको, लकडाउनका समयमा किसानलाई ऋण तिर्न बाध्य पारेकोलगायत कुरा लेखिएको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सदरमुकामबाट बम निष्क्रिय टोली घटनास्थलमा पुगिसकेको छ ।

यता सो घटनाको जिम्मा विपल्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । कमरेड बारुदका नाममा जारी भएको प्रेस विज्ञप्तिमा उक्त घटनाको जिम्मा आफ्नो पार्टीले लिएको उल्लेख छ ।