हाँस्यकलाकार र इन्जिनियरले बनाए मनछुने गित

जाले रुमाल ट्रेन्डिङ मै भै रहेको बेला मै सर्ट म्युजिकल मुभि भन्न सुहाउने आँसु र करुणाले भरिपुर्ण म्युजिक भिडियो भावसागर ईन्टर्टेन्मेन्ट मार्फत ई। बीरेन्द्र श्रेष्ठको परदेशी को जीवन बरिलै सार्वजनिक भएको छ । भावसागर इन्टरटेनमेन्टकी अम्बिका गुरुङ्गको शब्द, दिपकराज बिश्वकर्माको सङ्गीत र एरेन्ज र ई. बीरेन्द्र श्रेष्ठको स्वर मा बनेको अडियो मा उदयमान मोडेल निर्मल खत्री परदेशी को रोल मा छन भने निशा राई मुख्य फिमेल मोडल को रुप मा छिन । करिब सवा छ मिनेटको भिडियो लाई अन्त सम्म हेर्दा बेरोजगारी, गरिबी, केही गरौ, नया ठाउँ देखौ भनी ठूलो उत्साह बोकेर बिदेश मा काम गर्न गयेका आम मानिसको नियत कस्तो हुँदै छ देख्न सकिन्छ । भिडियो मा झापा नाट्य घर का कलाकारहरुको सहभागिताले गीतको मर्म लाई जिवन्त बनायेको छ । ६ बर्षिया कलाकार नानू धानु, मोडेल निशा राई, पेम्बा शेर्पा, गजेन्द्र पृथक, माया सिटौला, माधव सिटौला लगायत को जिवन्त अभिनय देख्न सकिन्छ । माया लाग्छ निष्ठुरिको भन्ने गीत बाट म्युजिक भिडियो सुरु गरेका नव मोडेल निर्मल खत्री को अभिनय आफैमा स्थापित कलाकार भएको छ हास्य कलाकार टिकाराम आचार्यको निर्देशन मा निर्मित यस म्युजिक भिडियोमा योगेस दहाल ले क्यामेरा र एडिट को जिम्मेवारी निर्वाह गरेका छन । भिडियो लाई अन्तिम सम्म हेरिदिन आग्रह गर्छन ई. बीरेन्द्र श्रेष्ठ र टिकाराम आचार्य । भिडियोले हरेक यूवा आशै आशमा परदेशिने र बाकसमा लास बनेर फर्किन विवस यूवाको कथा समेटिएको छ ।भिडियो लिङ्क तल हेर्नुुस्