गायक गोबिन्द चेम्जोङ लिम्बुको आना सुका 2 नयाँ गित सार्वजनिक
इन्दु लावती पाँचथर,
चर्चित गायक गोविन्द चेम्जोङ लिम्बुको स्वरमा रहेको “आना र सुका 1 ” को अपार सफलता पछि लगत्तै नयाँ गित “आना सुका २” अाे.एस.आर डिजिटल ईन्टरटेनिङ्ग द नेसन युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक भए लगत्तै यस गितलाई पनि दर्शक स्रोताहरुले धेरै रुचाउनु भएको छ। अहिलेको चर्चित गायिका सुनिता थेगिम लिम्बुले स्वरमा साथ दिएकी छिन् । शब्द र संगीत पक्ष रामजन न. सुब्बाको रहेको छ भने बिक्रम योङहाङको निर्देशनमा बनेको म्युजिक भिडियोमा सुमन तामाङको छायांकन , इनटेस्ट एइलल्डको सम्पादन , ज्ञानु सुब्बा तथा दिलमाया लिम्बुको कोरियोग्रफी रहेको छ । गीतको भिडियोमा कलाकारहरुले अभिनय गरेका छन् ।हेर्नुस भिडीयो।