जोर्नी टु म्युजिकको समउद्वघाटन संगै “सुनको माया” गीति एल्बम सार्वजनिक

इन्दु लावती पाँचथर,
“कला र प्रतिभाको सम्मान गरौँ” भन्ने मूल अभियानका साथमा अनलाइन सांगीतिक समूह “ जोर्नी टु म्युजिक” को स्थापना संगै कवि तथा गितकार साथै जोर्नी टु म्युजिक को समुहको संस्थापक सागर तामाङको अध्यक्षतामा अनलाइन लाइन एप्लिकेसनको माध्यम बाट संसार भरि छरीएर बस्नुहुने गित संगीत पार्खी नेपाली दाजु ,भाइ र दिदी ,बहिनीहरुको साथमा वरिष्ठ गितकार ,संगीतकार र गायक ,गायिकाहरुको उपस्थितिमा गीति एल्बम ” सुनको माया” लाई जोर्नी टु म्युजिकको विशेष दिन पारी सम उद्वघाट समारोह संगै दुशम्युजिक नेपाल युटुब च्यानल मार्फत भिडियो सहित सार्वजनिक गरिएको थियो।
उक्त गीतमा कवि तथा गीतकार सागर तामाङ्को शब्द रचना, चर्चित गायक तथा संगीतकार शंकर थापाको संगीत तथा गायक सुमन राना र गायिका दिलु श्रेष्ठको आवाज रहेको छ ।
विमोचन समारोहमा प्रमुख अतिथि चर्चित रियालिटी शो नेपाल आइडलका कोच, गायक तथा संगीतकार शंकर थापा र चर्चित कवि तथा लेखक, बरिष्ठ उदघोषक राम गोपाल आशुतोषको समेत उपस्थिति रहेको थियो ।
सुनको माया गितलाई तलको लिङ्कमा हेर्न र सुन्न सक्नु हुन्छ।