असोज १४ रिलिज हुँदै जाले रुमाल

लक्ष्मण गजुरेल /पांचथर । नेपाली साङ्गीतिक दुनियामा ईनाक्सी ईन्टरटेन्मेन्ट चर्चा र एक पछि अर्को हिट नम्बर दिन सफल youtube चेनल हो ! जुन को साथी तारा, सिम्पल डिम्पल जस्ता हिट नम्बर का सङ्गीतकार तथा रेवन चस्मा, मिनरल वाटर, पानी पधेरो जस्ता हिट नम्बर का गायक तथा सङ्गीतकार भिम बिष्ट को पनि अत्यन्तै मन परेको गीत जाले रुमाल ईनाक्सी बाट यहि असोज १४ गते रिलिज हुँदै छ ! अडियो मा उहीँ भिम बिष्ट्को शब्द सङ्गीत छ भने, सङ्गीत सम्योजन नरेन्द्र बियोगी, मिक्स माष्टर श्यामश्वेत रसाइली र आवाज चर्चित गायिका मेलिना राई र ईन्जिनियर बीरेन्द्र श्रेष्ठ को छ ! लोक जनरा मा बनियेको अत्यन्तै मिठास पुर्ण प्रेमिल गीत आफै अत्यन्तै मीठो बनेको छ !

यो गीत को भिडियो मेकिङ समेत अत्यन्तै चर्चायोग्य छ, चर्चाको शिखरमा रहेका पल शाह को जोडि रियाशा दहाल छिन भने नेपालि म्युजिक भिडियो का पर्यायवाची कार्टुन क्रु का सरोज अधिकारी र आष्मा बिश्वकर्मा छन ! एक पछि अर्को हिट नम्बर दिदै चर्चामा रहेका गम्भीर बिष्ट यो भिडियो का निर्देशक हुन उनकै डिजाइनमा यति ठुला स्टार कलाकारहरु को जोडि अनि ठूलो सङ्ख्या का कोरश का साथ नेपाल कै नामुद पाँचतारे होटेल “याक एण्ड येति” मा छायाङ्कन गरियेको छ ! पल र सरोज लाई दरबारका युबराज को भुमिकामा उतारियेको छ, पहिरन,सम्बाद र लुक्स ले पुरै राजकुमार झल्किने गरि राजकुमार हरु लाई सुहाउदो याक एण्ड येति होटेल को मुख्य तिनवटै हल मा र बाहिर दरवार झल्किने स्थान मा छायांकन भयेको छ ! गीत अत्यन्तै मन परेको कारण यो लेभल को भिडियो बनायेको बताउछन ईनाक्सी का दिपक सापकोटा र राम कडेल ! साङ्गीतिक जगतमा ढिलो आयो कडा आयो भनेर वास्तवमै भन्नू पर्दा पृथक फिल्ड मा आफ्नो ठूलो इमेज बनायेका नेपाल का वरिष्ठ जलविद्युत ईन्जिनियर बीरेन्द्र श्रेष्ठको स्वर यति माझियेर अयेको छ, सबैले तारिफ गर्ने छन! ईनाक्सी र यो म्युजिक भिडियो सङ्ग आवद्द टिम लाई सफलताको अगृम शुभकामना !