अहिलेको समयमा गितसंगित बाट नेपाली श्रोता दर्शकहरुले रुचाइएकाे गायिका किशु गुरुङ संग गरिएको कुराकानी

अहिलेको समयमा गितसंगित बाट नेपाली श्रोता दर्शकहरुले रुचाइएकाे गायिका किशु गुरुङ संग गरिएको कुराकानी

­

१ ) तपाई को पूरा नाम बताई दिनु होस् न,

किशु गुरुङ-  नाम किशु गुरुङ मेरो घर झापा बिर्तामोड हाल कामको सिलसिलामा इजरायलमा छु ।

२ ) अहिले तपाईं रोजकारी को सिलसिला मा इजरायल आउनु भएको कति भयो?

किशु गुरुङ –  मइजरायल आएको आठ बर्ष हुन लाग्यो ।

३ ) विवाह गर्नु भएको कति साल भयो?

किशु गुरुङ- १२ बर्ष भयो ।

४ ) तपाईं को श्रीमान को नाम बताउन मिल्छ?

किशु गुरुङ- अबसे पनि पासङ गुरुङ

५ ) नानी हरु कति जना छन्?

किशु गुरुङ – एक जना छोरी छ ।

६ ) तपाईं बिदेश आउनु को मुख्य कारण के थियो?

किशु गुरुङ – म बिदेश आउनुको कारण एक महिलाले घरकै चुला चौकामात्रै सिमित हुनुहुदैन बाहिरको पनि अनुभव लिनु पर्छ भन्ने मनासय पनि भयो र अर्को कुरा ठुला ठुला सपना देख्नुको पछि लागेर पनि बिदेशीनु पर्यो ।

७ ) गीत संगीत मा कसरी लाग्नु भयो? केही कारण?

किशु गुरुङ –   गीत संगीत मा म बिदेश आए पछि धेरै कार्यक्रमहरु तिर गए त्यहा चाहिँ सबैले गीतहरु गाउने रहेछ मलाई लाग्थ्यो गीत भनेको गायक गायिका भन्दा अरुले गाउदैन होला तर होइन रहेछ यो त मेरो भ्रम मात्रै रहेछ सबैले कभर गर्ने रहेछ । मैले पनि गीत संगीत के रहेछ ? आफैले आफैलाई प्रश्न गरे म पनि गीत संगीतको अनुभव लिन्छु भनेर पहिलो गीत महेश थुलुङको आवाजमा रहेको गीत ” आकाशै चील हो कि बेसारा ” बोलको गीत कभर गएर सामाजिक संजाल फेस्बुकमा अप्लोड गरे त्यही गीतले म राता रात भाईरल हुन पुगे सम्पुर्ण दर्शकहरुले मन पराई दिनु भयो माया गरि दिनु भयो यसरी गरि मलाई फेरि पनि अझै धेरै हौसला र उर्जा मिल्यो मैले दोस्रो गीत जितेन राईको आवाजमा रहेको ” उडदै आयो हवाई जहाज गीत कभर गरे त्यो पनि एक दमि धेरै श्रोताहरुलेअन पराई दिनु भयो यसरी नै म गीत सङितमा लागे।

८) गीत गाउन लाग्नु थालेको कति भयो?

किशु गुरुङ-  गीत संगीतमा लागेको लगभग ६ बर्ष जति भयो ।

९ ) अहिले सम्म कति वटा गीत तपाईं को बजार मा आई पुग्यो?

किशु गुरुङ – लभग १७ , १८ वटा बजारमा आई सकेको छ search गर्दा भेट्न सकिन्छ ।

१० ) सबै भन्दा धेरै चलेको गीत तपाईं को कुन हो?

किशु गुरुङ-  मेरो सबै भन्दा धेरै चलेको र दर्शक श्रोताहरुले मन पराई दिनु भएको गीत सोल्टिनी ज्यु र तिमिलाई पाए ।

 

११ ) दर्शक श्रोता बाट माया कति को पाउनु भएको जस्तो लाग्छ तपाईं लाई?

किशु गुरुङ – दर्शक श्रोताहरुबाट एक दमै धेरै माया हौसला र आशीर्वाद पाएकी छु ।

१२ ) तपाईं को नयाँ गीत कती वटा आउँदै छन बजार मा?

किशु गुरुङ-  आउने गीतहरु छन दुई चार वटा बजारमा ल्याइने प्रयास जारी छ ।

१३ ) नेपाल गए पछि बाँकी गीत संगीत लाई अगाडि बढाउने मन छ की छैन?

किशु गुरुङ  – नेपाल गए पछि पनि गीत संगीत लाई नै प्राथमिकता दिने सोच छ हेरौ समयले कहाँ सम्म पुर्याउछ् ।

१४ ) यदि तपाईं लाई तपाईं को श्रीमान ले गीत संगीत मा लाग्न दिएन भने के गर्नु हुन्छ?

किशु गुरुङ –  हामी दुबै जना गीत संगीत प्रेमी हौ उहाको र मेरो आवाजमा पनि हामीले गीत रेकर्डिङ गरेका छौ अब बजारमा ल्याउने प्रयास जारी छ सायद त्यो उहाले पनि गीत संगीतलाई बुझनु भएको छ सायद त्यो समस्या नाऔला ।

१५ ) तपाईं यति राम्ररी हुनु हुन्छ अहिले सम्म कति केटाहरुले तपाईं लाई प्रोपोस गर्नु भयो?

किशु गुरुङ – राम्रो भन्दा पनि तपाईहरुको हेर्ने नजर राम्रो हो त्यो त स्वाभाविक नै हो तेसै पनि महिलाहरुलाई त्यो समस्या त उत्पन्न हुन्छ नै यस्ता कुराहरु आउँछ स्वीकार गर्ने नगर्ने त्यो आफैमा भर पर्छ ।

१६ ) यदि तपाईं लाई त्यही इजराईल मा कुनै केटाहरुले विवाह गरौं भन्यो भने के गर्नु हुन्छ?

किशु गुरुङ-  विवाह भन्ने असम्भव हो किन भने म आफै बिबाहित महिला हो त्यसैले गर्दा बिबाह नै चाहिँ असम्भव कुरा हो । अस्वीकार्य