बि एल भी अफिसियलको ऐतिहासिक प्रथम बार्षिक उत्सब सम्पन्न

इन्दु लावती पाँचथर

कला र गलाको सम्मान नयाँ प्रतिभाहरुको प्रोत्साहन भन्ने मुल नाराको साथमा लोक संस्कृति लाई संरक्षण र संबर्द्धन गर्ने उदेश्यले बेस्ट अफ लोक भोइस आज भन्दा एक बर्ष अगाडि मिति २०७६/०५/१७ गतेका दिनमा अनलाइन बाट पोखरा निवासी हालको बसाइ साउदी अरेबिया आफ्नो कर्म थलो बनाउनु हुने श्री बिन्दास श्रेष्ठको संयोजकत्वमा रहने गरि अर्घाखाँची निवासी हालको बसाइँ मलेसियामा आफ्नो कर्म थलो बनाउनु हुने श्री निरज कुमार खड्काको अध्यक्षमा स्थापना भएको थियो ।

स्थापना काल देखि नै सक्रिय रुपमा लागि परेको बि. एल .भी समूहले अनलाइन बाट लुकेर रहेका प्रतिभाहरुलाई समुहमा आबद्ध गराई विभिन्न अवसरहरु दिदै आईरहेको छ।