निसानको सस्तो एसयूभीको आज ग्लोवल प्रिमियर हुँदै

काठमाडौं । निसानले आफ्नो सब फोर मिटर एसयूभी म्याग्नाइट आज जुलाई १६ मा जापानबाट ग्लोवल प्रिमियर गर्ने भएको छ ।

कम्पनीले ल्याउन लागेको नयाँ सब फोर मिटर एसयूभी म्याग्नाइटलाई मूल्यका हिसावले सबैभन्दा सस्तो सव फोर मिटर एसयूभी बनाउने अनुमान गरिएको छ ।

निसान माइक्राको मूल्यमा आउने संभावना रहेको निसान म्याग्नाइटमा के कस्ता फिचर आउने छन् त्यसको पूर्ण जानकारी आएको छैन ।

क्रसओभर डिजाइनमा आउने यो गाडीमा चंकी ह्वील आर्कले निकै आकर्षक देखिने छ । यसमा रहने हेडलाईट र टेललाईट दुबै एलइडी रहने छ ।

डियूल टोन कलर अप्सनमा उपलब्ध रहने यो एसयूभीलाई प्रिमियम सेटसहितको अलोय ह्वीलले धेरैको ध्यान खिच्न सक्ने छ ।

निकै सानो इन्जिनमा आउने म्याग्नाइटमा १.० लिटर रेगुलर इन्जिन र १.० लिटर टर्बो चार्ज्ड इन्जिनमा उपलब्ध रहेने छ । रेनो ट्राइबरमा रहेको थ्रि सिलिण्डर बिआर १० पेट्रोल इन्जिनले अधिकतम ७२ बीएच पावर र ९६ एनएम टर्क प्रदान गर्छ भने नयाँ १.० लिटर थ्रि सिलिण्डर एचआर १० इन्जिनले अधिकतम ९५ बीएच पावर प्रदान गर्नेछ । यद्यपी नयाँ इन्जिनको विषयमा निसानले केही जानकारी बाहिर ल्याएको छैन ।

यसमा निसानले किक्सको धेरै फिचर प्रयोग गर्ने अनुमान यसअघि नै गरिएको थियो । त्यसैले यसलाई धेरैले सुरुमै बेबी किक्स भनेका थिए । कम्पनीले यसमा ३६० डिग्री पार्किङ क्यामेरा, कनेक्ट कार टेक, आकर्षक टचस्कृन, अटो क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता फिचर दिने छ ।